
काठमाडौं – चीनको दक्षिणपश्चिमी क्षेत्रमा सडकको खाल्डोमा खसेका तीन वर्षीय बालकलाई कुनै चोटपटक लागेको छैन ।
बाटोमा हिँड्दै गर्दा ती बालक खुला खाल्डोमाथि पुगेका थिए ।
खाल्डोमा ढक्कन लगाइएको थिएन ।
सीसीटीभी फूटेजमा बालक बिस्तारै हिँडेर खाल्डो नजिक पुगेको अनि त्यसमा खसेको देखिन्छ । उनका मातापिताले आत्तिँदै उनलाई लड्नबाट रोक्न खोज्छन् ।
बालकका पिताले हात तल लगेर अन्य उनलाई खाल्डोबाट माथि तानेको देखिन्छ ।
बालकलाई सामान्य चोटपटक लागेको छ र टाउको ठोकिएको छ ।
अधिकारीहरूले खाल्डोको ढक्कन मर्मत गरेका छन् ।
एजेन्सी