३१ जेठ २०८३, आइतबार

काठमाडौंको मेयरमा यसअघि कस–कसले जिते ?

कात्तिक २०, २०७४
काठमाडौंको मेयरमा यसअघि कस–कसले जिते ?

काठमाडौँ, १५ चैत- ०४९ मा पहिलोपटक स्थानीय निर्वाचन भएको थियो । काठमाडौंको चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्यो । कांग्रेसले मेयरमा पिएल सिंहलाई उम्मेदवार बनाएको थियो भने एमालेका तर्फबाट राजेन्द्र श्रेष्ठ उम्मेदवार थिए । निर्वाचनमा श्रेष्ठलाई पराजित गर्दै सिंह काठमाडौंको पहिलो निर्वाचित मेयर बने, आजको नयाँ पत्रिकामा खबर छ ।Local_election

पाँच वर्षपछि ०५४ सालमा पनि काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा भयो । कांग्रेसले मनमोहन भट्टराईलाई उम्मेदवार बनायो भने एमालेले केशव स्थापितलाई उठायो । भट्टराई काठमाडौंको कोर एरियाभन्दा बाहिरका प्रतिनिधि थिए । स्थापित काठमाडौंका रैथाने थिए । यसपटक महानगरवासीले एमालेका उम्मेदवारलाई रोजे । भट्टराईलाई झन्डै ३६ हजार मतअन्तरले पराजित गर्दै स्थापित मेयर बने । स्थापितले करिब ८६ हजार मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्