
काठमाडौं – नाजी विचारधारालाई समर्थन गर्ने व्यक्तिहरूले हिटलरको वास्तविक पुर्ख्र्यौली सम्बन्धी इतिहास सार्वजनिक अभिलेखबाट हटाएपछि एक इतिहासविद्ले हिटलरका हजुरबुवा यहुदी भएको दाबी गरेका छन् ।
इतिहासकार डा लेनर्ड स्याक्सले हिटलरकी हजुरआमाले आफ्ना प्रेमीको पहिचान खुलाउन नमानेको र उनले अस्ट्रियाको ग्राजमा बस्ने एक यहुदीसँगको सम्बन्धबाट सन्तान जन्माएको बताए ।
हिटलरका पुर्खा यहुदी हुन् भन्ने कुरा हिटलरका प्रतिनिधि हान्स फ्य्रांकले सन् १९३० मै बताएका थिए । उनले हिटलरकी हजुरआमाले काम गर्ने घरमा हजुरबुवा बस्ने गरेको प्रमाण फेला पारेका थिए ।
फ्य्रांकको प्रमाणसहितको दस्तावेजलाई उनको मृत्युदण्डको सात वर्षपछि प्रकाशित गरिएको थियो । तर धेरैजनाले फ्यांकका दस्तावेजलाइै खारेज गरेका छन् ।
सन् १८३६ मा हिटलरका पिता अलोई शिक्लग्रबर जन्मेको वर्ष सन् १८३६ मा ग्राजमा कुनै पनि यहुदी बसेको प्रमाण फेला नपरेको प्रसिद्ध लेखक निकोलाउस फोन प्रेरादोभिचले बताएका थिए ।
तर डा स्याक्सले सन् १८०० का दशकहरूका अस्ट्रियाली अभिलेख खोजी गरेर सन् १८५० अघि ग्राजमा यहुदीहरू बस्ने गरेको प्रमाणित गरेका छन् ।
प्रेरादोभिच नाजीहरूप्रति सहानुभूति राख्ने मानिस भएको र हिटलरमा यहुदी रगत पनि बग्ने संकेत उनलाई चित्त नबुझेको स्याक्सले सप्रमाण दाबी गरेका छन् ।
हिटलरका विपक्षीहरूले उनको यहुदी पुर्ख्यौली भएको आरोप लगाएपछि उनले आफ्नो दललाई यस सम्बन्धमा अनुसन्धान गर्न लगाएका थिए । अनुसन्धानपछि हिटलरका पितापुर्खा जर्मन अस्ट्रियन भएको निष्कर्ष निकालिएको थियो ।
एजेन्सी