२२ जेठ २०८३, शुक्रबार

धुलो र धुँवाले आजित भएपछि शटर बन्द गरेर सडकमा

धुलो र धुँवाले आजित भएपछि शटर बन्द गरेर सडकमा

काठमाडौँ - राजधानीको चावहिल र चुच्चेपाटीका व्यवसायी र स्थानीय जनता धुलो र धुवाँले आजित भएपछि शटर बन्द गरेर सडकमा निस्किएका छन् ।

मंगलवार दिउँसो उनीहरू वर्षौंदेखि चलिरहेको सडक निर्माण कार्यले सो क्षेत्रमा हिलो र धुलो बढेको भन्दै सडकमा निस्किएका हुन् ।

सयौंको संख्यामा सडकमा आएका स्थानीय व्यवसायीहरू र प्रहरीबीच केही समय विवाद देखिएको थियो ।

प्रहरीको मध्यस्थतामा वडा कार्यालयमा ठेकेदारका प्रतिनिधिसँग सहमति बनेपछि बल्ल स्थिति सामान्य बन्यो ।

ठेकेदारका प्रतिनिधिहरूले तत्काल सडकमा अलपत्र छाडिएका पाइपहरू उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनीहरूले उक्त क्षेत्रमा तत्कालका लागि हिलो र धुलोको व्यवस्थापन गर्ने र सडक निर्माण कार्य छिटो सक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

तस्वीर - श्याम सागरको फेसबुकबाट 

salt training

कमेन्ट गर्नुहोस्