२३ जेठ २०८३, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक ४ दिन पर धकेलियो

कांग्रेस केन्द्रीय समितिको बैठक ४ दिन पर धकेलियो

काठमाडौँ  - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको २२ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक २६ गतेलाई सारिएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले संरचना निर्माणका लागि गृहकार्य नपुगेकाले बैठक सारिएको लोकान्तरलाई जानकारी दिए ।

'संरचना निर्माणसम्बन्धी काम गर्न पदाधिकारीहरूको समिति गठन गरिएको थियो,' पौडेलले भने, 'उक्त समितिले थप समय मागेकाले बैठक २६ गतेलाई सारिएको हो ।'

उक्त समितिले दिनरात काम गरिरहेको भएपनि संरचना निर्माणका कामहरू जटिल भएकाले समय अपुग भएको पौडेलको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्