
दिल्ली -भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधन भएको छ ।
मंगलवार साँझ भारतको राजधानी नयाँ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको हो ।
स्वराजलाई साँझ स्थानीय समय अनुसार ९ बजेर ५० मिनेट जाँदा अस्पताल ल्याइएको थियो ।
पछिल्लो समयमा स्वराजको स्वास्थ्यमा निरन्तर समस्या आइरहेको थियो ।
स्वास्थ्यमा समस्या आएकै कारण लोकसभा निर्वाचन लड्ने उनको धोको अधुरै रह्यो ।