१३ असार २०८३, शनिबार

दुर्घटनामा १ जनाको मृत्यु

दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

परासी – पश्चिम नवलपरासीको सुनवलमा भएको तीव्रगतिको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

सुनवल–१२ हरकट्टाबाट परासी आउने क्रममा सुनवल र रामग्राम नगरपालिकाको सीमामा रहेको पुलमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी रामग्राम–१० का ३३ वर्षीय अमरदीप चौधरीको घटनास्थलमै मृत्यु भएको छ । लु४०प ३५९८ नम्बरको मोटरसाइकल तीव्रगतिका कारण पुलमा अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बलराम गिरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्