१८ असार २०८३, बिहीबार

सुषमा स्वराजको पार्थिव शरीर देखेर रोए मोदी (भिडियो)

सुषमा स्वराजको पार्थिव शरीर देखेर रोए मोदी (भिडियो)

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा विदेशमन्त्री रहेकी सुषमा स्वराजको पार्थिव शरीर देखेर मोदी निकै भावुक बनेका छन् । 

मंगलवार साँझ स्वराजको निधन भएको हो । बुधवार स्वराजको दिल्लीस्थित आवासमा राखिएको पार्थिव शरीरका अगाडि हात जोडेका प्रधानमन्त्रीको आँखामा आँसु छचल्किएको थियो । 

स्वराज भारतीय जनता पार्टीको अत्यन्तै वाक्पटु र लोकप्रिय नेता थिइन् । उनलाई श्रद्धाञ्जली दिने क्रममा मोदी भावुक भए । प्रधानमन्त्रीले अत्यन्त भावुक वातावरणमाझ सुषमाकी छोरी बाँसुरी स्वराजको शिरमा हात राखेर उनलाई ढाढस दिए । 

प्रधानमन्त्रीले स्वराजलाई श्रद्धाञ्जलि दिँदा उपराष्ट्रपति वेंकैया नायडु उपस्थित थिए । मोदी सुषमा स्वराजको पार्थिव शरीरका अगाडि रुन पुगे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्