
काठमाडौं – मेक्सिकोको दक्षिणपूर्वी भागमा बीयरको कार्टुन लिएर गइरहेको एक ट्रक पल्टिँदा बीयर छताछुल्ल भएको छ । स्थानीयहरूले सित्तैमा पाइएको बीयरको कार्टुन लिएर गएका छन् ।
घटनाको भिडियोमा सान फ्रान्सिस्को कोबेन नामक स्थानमा दर्जनौं मानिसले ट्रकमा पसेर बीयरका कार्टुन लुटेर लगेको देखिन्छ ।
भिडियोमा मानिसहरूले आरामसँग लुट्न भनेको अनि अन्यले चाहिँ लुट्नेहरूलाई हतार गर्न भनेको पनि देखिन्छ ।
मेक्सिकोका स्थानीय समाचारपत्रले उल्लेख गरेअनुसार, केही स्थानीयहरूले एकअर्कासँग झगडा गरेका थिए अनि अर्को व्यक्तिले बढी बीयर लिएको भनेका थिए ।
ट्रक के कारणले पल्टिएको हो भनी अधिकारीहरूले खुलाएका छैनन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार, स्थानीयहरूले साइकल र कारमा बीयरका कार्टुन लिएर गएको देखिन्छ ।
एजेन्सी