२२ जेठ २०८३, शुक्रबार

स्याङ्जामा चन्दका दुई कार्यकर्ताद्वारा राजीनामा

स्याङ्जामा चन्दका दुई कार्यकर्ताद्वारा राजीनामा

काठमाडौँ -नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ताले आज प्रेस विज्ञप्तिमार्फत राजीनामा दिएका छन् ।

स्याङ्जाको भीरकोट नगरपालिकाका दुई कार्यकर्ताले नगरपालिकाका जनप्रतिनिधिको रोहवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टी परित्याग गर्नेमा समूहका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ जिल्ला संयोजक नगरपालिका–७ का शेरबहादुर राना र १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी पार्टीको साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

आफू क्रियाशील रहेको समूहले हिंसात्मक गतिविधि र एकीकृत जनक्रान्तिको कार्यदिशा नछाडेकाले सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजको मितिबाट कुनै सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ

salt training

कमेन्ट गर्नुहोस्