काठमाडौं, १५ चैत– भारतको इन्डियन आयल कर्पोरेश (आईओसी)ले नेपालमा सहज रुपमा पेट्रोलियम पदार्थको आपूर्ति नगरे उसविरुद्ध नेपालले मुद्दा हाल्न पाउने भएको छ ।
साथै आईओसीले नेपालासँग कबोल गरेको गुणस्तर र परिणाममा इन्धन आपूर्ति गर्नु पर्ने छ । भारतको नयाँ दिल्लीमा सोमबार भएको नेपाल आयल निगम र आईओसीबीचको इन्धन आपूर्ति सम्झौता नविकरणमार्फत यस्तो व्यवस्था गरिएको छ ।
आपूर्ति मन्त्री दीपक बोहराका अनुसार पाँच वर्षका लागि भएको इन्धन आपूर्ति सम्झौता नवीकरणमा नेपालले आईओसीबिरुद्ध सिंगापुरको अदालतमा मुद्दा हाल्न पाउने व्यवस्था गरिएको छ, आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।