२२ जेठ २०८३, शुक्रबार

नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज नभए भारतविरुद्ध मुद्दा

कात्तिक २०, २०७४
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज नभए भारतविरुद्ध मुद्दा

काठमाडौं, १५ चैत– भारतको इन्डियन आयल कर्पोरेश (आईओसी)ले नेपालमा सहज रुपमा पेट्रोलियम पदार्थको आपूर्ति नगरे उसविरुद्ध नेपालले मुद्दा हाल्न पाउने भएको छ ।

साथै आईओसीले नेपालासँग कबोल गरेको गुणस्तर र परिणाममा इन्धन आपूर्ति गर्नु पर्ने छ । भारतको नयाँ दिल्लीमा सोमबार भएको नेपाल आयल निगम र आईओसीबीचको इन्धन आपूर्ति सम्झौता नविकरणमार्फत यस्तो व्यवस्था गरिएको छ ।

आपूर्ति मन्त्री दीपक बोहराका अनुसार पाँच वर्षका लागि भएको इन्धन आपूर्ति सम्झौता नवीकरणमा नेपालले आईओसीबिरुद्ध सिंगापुरको अदालतमा मुद्दा हाल्न पाउने व्यवस्था गरिएको छ, आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्