२२ जेठ २०८३, शुक्रबार

बिहानै त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, २५ बेपत्ता

बिहानै त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, २५ बेपत्ता
फाइल फोटो

गजुरी – सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ७४६९ नम्बरको यात्रुवाहक बस शुक्रवार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको भएको छ ।

दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक ३ जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्