नयाँ दिल्ली - भारतीय राष्ट्रिय कांग्रेसको नयाँ अध्यक्ष चुन्ने प्रक्रियामा आफू नबस्ने भन्दै हालका अध्यक्ष राहुल गान्धी र पूर्व अध्यक्ष सोनिया गान्धी बैठक छाडेर बाहिर निस्केका छन् ।
शनिवार बसेको बैठकमा नयाँ अध्यक्ष चुन्ने प्रक्रियामा सामेल नहुने उनीहरूले घोषणा गरेका हुन् ।
आजदेखि शुरू कांग्रेस वार्किङ कमिटी (सीडब्ल्युसी)को बैठकले कांग्रेसको नयाँ अध्यक्ष चुन्नेछ । भारतीय सञ्चारमाध्यमहरूले स्रोतको हवाला दिँदै राहुल गान्धीको राजिनामा पारित भएको बताएका हुन् ।
सोनिया गान्धी बैठकबाट बाहिर निस्केपछि सञ्चारमाध्यमहरूसँग आफू सीडब्ल्युसीको हिस्सा नभएको बताएकी छिन । कांग्रेसमा नयाँ अध्यक्षका लागि मुकुल वासनिक, शुशीलकुमार सिंदे, मल्लिकार्जुन खड्गे, मीरा कुमारको नाम सतहमा आएको छ ।
केही महिनाअघि सम्पन्न लोकसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुलले राजिनामा दिएका थिए ।
Sonia Gandhi on leaving from Congress Working Committee meeting: Now consultation(to decide next party chief) is going on and naturally me and Rahul ji cannot be a part of it pic.twitter.com/OcMoztJtuQ
— ANI (@ANI) August 10, 2019