२७ जेठ २०८३, बुधबार

ट्रान्सफर्मर जलेपछि ३ दिनदेखि ३ सय घरधुरी अंध्यारोमा

ट्रान्सफर्मर जलेपछि ३ दिनदेखि ३ सय घरधुरी अंध्यारोमा

रुकुमपूर्व – गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । 

गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।  विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युत्बाट हुने काम गर्न समस्या भएको छ । 

गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताइन् ।

विद्युत् सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 
 
ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत् सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत् सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताए ।

उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो ।

विद्युत् सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उनको भनाइ छ । 

अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत् सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्