२४ जेठ २०८३, आइतबार

भोलि मुस्लिमहरूको पर्व बकरिद

भोलि मुस्लिमहरूको पर्व बकरिद
प्रतिकात्मक तस्वीर

विराटनगर – इस्लाम धर्मावलम्बीको  महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले  धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई,  अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।

भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन्  ।

salt training

कमेन्ट गर्नुहोस्