०६ असार २०८३, शनिबार

दुर्घटनापछि भाग्न लागेका जीपचालकलाई रोक्न खोज्दा रोक्ने व्यक्तिमाथि गुडाइयो जीप (भिडियो)

दुर्घटनापछि भाग्न लागेका जीपचालकलाई रोक्न खोज्दा रोक्ने व्यक्तिमाथि गुडाइयो जीप (भिडियो)

काठमाडौं – कोलम्बियामा जीप हाँकिरहेका एक व्यक्तिले सडक दुर्घटनापछि एक बसचालकमाथि जीप गुडाएको भिडियो सार्वजनिक भएको छ । 

मंगलवार भएको यस घटनामा बोगोटामा इन्टिग्रेटेड पब्लिक ट्रान्सपोर्टेसन सिस्टमका एक कर्मचारीले जीपको अगाडिको देब्रेतिरको चक्कामा अडिएर त्यसलाई रोक्न खोजेका थिए । सडक दुर्घटना भएपछि अधिकारीहरू घटनास्थलमा नआउन्जेल जीपलाई त्यहीँ रोक्न उनी चक्काअगाडि बसेका थिए । 

जीपचालक जोसे माउरिसियो गिल भेलास्केजले गाडीलाई हल्का गति दिँदै भार्गासको शरीरमाथिबाटै गुडाएको दृश्य त्यही बाटो भएर गइरहेका अन्य गाडीचालकले खिचे । घटनाअघि भेलास्केज र भार्गासबीच झगडा भएको थियो । 

जीपको चक्कामुनि पिल्सिएका भार्गासलाई मुक्त गर्न प्रत्यक्षदर्शीहरूले भेलास्केजलाई गाडी रिभर्समा लान भनेका थिए । 

भेलास्केजलाई पक्राउ गर्नका लागि सरकारी वकिलको कार्यालयले नयाँ पक्राउपुर्जीको अनुरोध अदालतसमक्ष गर्ने स्थानीय मिडिया अलर्टा बोगोटाले लेखेको छ । 

भार्गासलाई पारामेडिकहरूले घटनास्थलमा उपचार गरेपछि स्थानीय अस्पताल पुर्‍याइएको थियो । उनको हाड फ्र्याक्चर भएको छैन तर गोडा सुन्निएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्