
काठमाडौं – भारत सरकारले कश्मीरको विशेषाधिकार खोस्नका लागि गरेको निर्णय नाजी विचारधाराबाट प्रेरित भएर लिइएको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन् ।
‘कर्फ्यु, दमन र भारतअधीनस्थ कश्मीरमा कश्मीरीहरूको सम्भाव्य नरसंहार ठ्याक्कै नाजी विचारधाराबाट प्रेरित आरएसएसको विचारधाराकै कार्यान्वयन हो,’ खानले ट्वीट गर्दै भने ।
The curfew, crackdown & impending genocide of Kashmiris in IOK is unfolding exactly acc to RSS ideology inspired by Nazi ideology. Attempt is to change demography of Kashmir through ethnic cleansing. Question is: Will the world watch & appease as they did Hitler at Munich?
I am afraid this RSS ideology of Hindu Supremacy, like the Nazi Aryan Supremacy, will not stop in IOK; instead it will lead to suppression of Muslims in India & eventually lead to targeting of Pakistan. The Hindu Supremacists version of Hitler's Lebensraum.
— Imran Khan (@ImranKhanPTI) August 11, 2019
नयाँ दिल्लीले भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णय लिँदै मुसलमानबहुल जम्मु–कश्मीरलाई दुई राज्यमा विभाजित गर्ने निर्णय लिएपछि पाकिस्तानले उससँगको कूटनीतिक सम्बन्ध घटुवा गरेको छ र द्विपक्षीय व्यापार निलम्बन गरेको छ ।
एजेन्सी