
काठमाडौं १५ चैत्र- निर्वाचनको रणनीति बनाउन नयाँ शक्तिको केन्द्रीय परिषद् बैठक मंगलवारदेखि काठमाडौंमा शुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा शुरु बैठक दुई दिन चल्नेछ ।
परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले बताए ।
बैठकमा आसन्न निर्वाचनको बारेमा पनि छलफल हुने उनले बताए । नयाँ शक्तिको निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजनाको विषयमा बैठकमा विस्तृत छलफल हुनेछ ।