१२ असार २०८३, शुक्रबार

नागढुुंंगा–कलंकी सडक हरियाली बनाइने

नागढुुंंगा–कलंकी सडक हरियाली बनाइने

काठमाडौं – सरकारले राजधानी काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगा–कलंकी सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ । 

वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान शुरू गरेको हो ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत् थालनी गरेका छन् । नागढुंगादेखि थानकोटसम्मको ३ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सहसचिव डा. रामप्रसाद लम्सालले जानकारी दिए ।

लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए । यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा बृहत् वृक्षारोपण गरिसकेको छ ।  मन्त्रालयले देशभर ५ करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्