०१ असार २०८३, सोमबार

नेपालगञ्जमा मुस्लिमहरूले यसरी मनाए बकर इद

नेपालगञ्जमा मुस्लिमहरूले यसरी मनाए बकर इद
तस्वीर : भेषराज बस्नेत, रासस

नेपालगञ्ज – इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ । 

बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौंको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् ।

इदगाहमा जम्मा भएका हजारौं मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन सिद्दिकीले जानकारी दिए ।

बकर इदको रमझम मुख्यगरी नेपालगञ्ज नगरमा देखिएको छ । नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान–प्रदान गरिएको छ ।

शहरी विकास मन्त्री राईले बकर इदको सम्पूर्ण देशवासीमा शुभकामनासमेत व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन् ।

बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुसलमान धर्मावलम्बीहरु पनि इदगाह पुगेका थिए ।

मुसलमान अगुवा सिद्दिकीका अनुसार तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने प्रमुख विशेषता रहेको छ ।

बकर इदमा इस्लाम धर्मावलम्बीका लागि हज र कुर्वानी अनिवार्य भएकाले मुसलमान समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने प्रचलन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्