काठमाडौँ -स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमवार स्वदेश फिर्ता भएका छन् । थाइ एयरको विमानमार्फत प्रधानमन्त्री ओली मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत सरकारका मन्त्रीहरू र उच्चपदस्थ अधिकारीहरू पुगेका थिए ।
ओलीको स्वागतमा नेकपा सचिवालय सदस्य वामदेव गौतमसमेत उपस्थित भए । यसअघि ओलीको स्वागत गर्न विरलै जाने गौतम आज भने पुष्पगुच्छासहित उपस्थित भए ।
सचिवालयका ९ सदस्यमध्ये सरकारको गतिविधिबारे खुलेर धारणा राख्ने एकमात्र सदस्य हुन् गौतम । अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँग दूरी बढेको टिकाटिप्पणी भइरहेको समयमा प्रधानमन्त्री ओलीको स्वागतका लागि गौतम विमानस्थल पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
हेर्नुहोस् फोटो फिचर -