१५ असार २०८३, सोमबार

मुम्बईको एक होटलले दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि हंगामा

मुम्बईको एक होटलले दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि हंगामा

काठमाडौं – भारतको मुम्बईमा रहेको फोर सीजन्स होटलले जम्मा दुईवटा अण्डाका लागि १७ सय भारु तिराएपछि हंगामा मच्चिएको छ । 

बलिउड कलाकार राहुल बोसले चण्डीगढस्थित जेडब्ल्यू मेरियट होटलमा दुईवटा केराका लागि ४४२ भारु तिर्नुपरेको भनी गुनासो गरेपछि कर विभागले होटललाई २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । अहिले अर्को होटलले त्यसै गरी थोरै सामानका लागि धेरै पैसा डाँडेको खबर आएको हो । 

ट्विटर प्रयोगकर्ता कार्तिक धारले होटलको बिलको तस्वीर पोस्ट गर्दै लेखे : ‘मुम्बईको फोर सीजन्समा दुईवटा अण्डाको १७ सय भारु ।’ उनले राहुल बोसलाई ट्याग गर्दै लेखे, ‘दाइ, आन्दोलन गरौं ?’

ट्विटरका अन्य प्रयोगकर्ताले यो सीधै लुट हो भन्दै हंगामा मच्चाइरहेका छन् ।

होटलले यस विषयमा वक्तव्य जारी गरिसकेको छैन । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्