२४ जेठ २०८३, आइतबार

रसुवागढी जलविद्युतले आइपिओ निष्काशन गर्दै, पहिलो चरणमा कर्मचारीलाई

कात्तिक २०, २०७४
रसुवागढी जलविद्युतले आइपिओ निष्काशन गर्दै, पहिलो चरणमा कर्मचारीलाई
काठमाडौं, १५ चैत - रसुवागढी जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्टयाएको २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । तयारी पुगेमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको १० प्रतिशत शेयर पनि यसै वर्ष जारी गरिने कम्पनीले जनाएको छ ।

रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाको सेयर यसै आार्थिक वर्षभित्र निष्कासन गर्ने तयारी गरिएको छ ।

पहिलो लटमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले यो सेयर खरिद गर्न पाउने छन् ।

सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ताका लागि साढे १९ प्रतिशत, प्राधिकरणका लागि साढे ३ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ ।

चालु आवभित्रै सेयर निष्कासन गर्ने गरी काम भइरहेको कम्पनीका कार्यकारी प्रमुख माधव कोइरालाले बताए ।

कम्पनीले सिद्धार्थ क्यापिटललाई प्रमुख सेयर निष्कासनकर्ता तोकेको छ । एनआइबिएल, ग्लोबल आइएमई र एनसिएम मर्चेन्ट बैंकिङलाई सहनिष्कासन कर्ता नियुक्त गरिएको छ ।

तेस्रो लटमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत निष्कासन गरिने छ । आयोजनामा विद्युत प्राधिकरणले १८ र चिलिमेले ३३ प्रतिशत लगानी गरेका छन् । हाल सम्म आयोजनाको ३५ प्रतिशत पूरा भएको छ । कम्पनीका अनुसार अहिलेसम्म करिब ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १६ किलोमिटर सडक अति नाजुक भएकाले काम गर्न कठिनाइ भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्