बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
हङ्कङ् अशान्त छ । विरोध प्रदर्शनको क्रम तेस्रो महिनामा प्रवेश गरेको छ । सामान्य जन-जीवन असामान्य हुँदै गएको छ । हङ्कङ् भएर उड्ने हवाई सेवाहरू प्रभावित हुँदा त्यहाँको आर्थिक कठिनाइ झन् चर्किंदो छ; साथै अन्तर्राष्ट्रिय हवाइ-यात्रा गर्नेहरूलाई असुविधा भइरहेको छ । यसबीच, हङ्कङ् प्रशासन र प्रहरीले परिस्थितिलाई बढी हिंसात्मक हुन नदिन प्रयत्न गरिरहेका छन् । तैपनि स्थितिमा सुधार आउने सम्भावना क्षीण हुँदै गएको छ । र, चीनको साथै एसियाकै आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान गर्दै आएको हङ्कङ्मा व्याप्त अशान्ति र असुरक्षाबाट बेइजिङ् चिन्तित हुनु स्वाभाविक हो ।
सन् १९९७ मा हङ्कङ् प्रदेश चीनमा फर्केपछि चीनले बेलाइतसमक्ष एक-देश-दुई-प्रणाली-को नीति अपनाउने प्रतिबद्धता जनाएको थियो । १५० वर्षको करारमा त्यस मितिसम्म हङ्कङ्को प्रशासन चलाइ आएको बेलाइतले त्यहाँका जनताको प्रजातान्त्रिक मूल्य-मान्यताको कदर गर्दै त्यस व्यवस्थालाई कम्तीमा ५० वर्ष (सन् २०४७ सम्म) यथावत् राख्न चीनलाई राजी गराएको हो । चीनले यस सहमतिको पालना नै गर्दैआएको छ । तर केही वर्षयता हङ्कङ्का बासिन्दामा (विशेष गरेर युवापुस्तामा) सिधा चीनको प्रशासन मातहत रहनुपर्ने समय निकट आएको देखी एकप्रकारको छटपटाहट उत्पन्न भएको छ । त्यसै क्रममा, हङ्कङ्मा हुने कुनै-कुनै अपराध/दुष्कार्यको कारवाही गर्नुपरे अभियुक्तलाई चीन प्रत्त्यर्पण गर्ने ऐन तर्जुमा गर्न लागिएको विषयलाई लिएर विरोध थालिएको हो । तर त्यस्तो प्रस्ताव स्थगित भएपछि विरोधको श्रृङ्खला थामिनु पर्ने हो; तर थामिएन । उल्टो, स्वतन्त्रता र लोकतन्त्रको माग समेत थपेर आन्दोलन चर्काइएको छ ।
चीनले यतिञ्जेल स्थानीय प्रशासनबाटै हङ्कङ्मा शान्ति सुरक्षा कायम हुने अपेक्षा राखी तदनुरूपका संयमित वक्तव्य मात्र जारी गर्दै आएको छ । तर विस्तार-विस्तार बेइजिङ् चालू आन्दोलनमा विदेशी संलग्नता (खास गरेर अमेरिकी र अन्य पश्चिमा देशको उक्साहट) रहेको र त्यो अवाञ्छित गतिविधि बढ्ने क्रममा देखिएको कुराले सजग हुन खोजेको छ । हङ्कङ्स्थित् अमेरिकी महावाणीज्य दूतावासका कूटनीतिक कर्मचारी प्रदर्शनकारीहरूलाई उक्साउने गतिविधिमा लागेको विषय प्रेस-चर्चामा आएपछि बेइजिङ् सशंकित भएको हो । यस्तो परिबन्दमा परेको चीनले आफ्नो भू-भागमा सुरक्षा व्यवस्था कायम गर्न सेना नै परिचालन गर्नेसम्मका सङ्केत सञ्चारमाध्यममा प्रवाहित छन् । तसर्थ चीनले अव्यवस्था र पृथक्तावादी कृयाकलापमा नियन्त्रण गर्न सुरक्षाका कठोर उपाय अपनाएछ भने त्यो अनर्थ मानिने छैन । र, त्यसो भयो भने त्यसको जिम्मेवार विरोध प्रदर्शनमा लागेकाहरू नै हुनेछन् ।
भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको स्थिति जस्तो हुने हो प्रदर्शनकारीहरूको अवस्था त्यस्तै हुनेछ । यसरी हिंसात्मक गतिविधिमा लागेका थोरै मानिसहरूको ज्यादतीले निम्त्याउने कठोर कारवाहीको असर भने हङ्कङ्का बहुसंख्यक बासिन्दाले समेत सामना गर्नुपर्नेछ । त्यसैले त्यस्तो दु:खद् परिस्थिति आउन नदिन बेइजिङ्बाट पर्याप्त सावधानी अपनाइने अपेक्षा गरिएको हो ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...