०२ असार २०८३, मंगलबार

एकै गोठका ८ पशु चौपाया मृत्यु

एकै गोठका ८ पशु चौपाया मृत्यु
फाइल फोटो

डडेल्धुरा – अज्ञात रोगका कारण एकै गोठका ८ पशुचौपाया मरेका छन् ।

आइतवार र सोमवार गरी २ दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् । 

२ दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीय डम्बर साउँदका २ भैंसी, २ गोरु, १ गाई र ३ वटा बाख्रा मरेका हुन् ।

केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीय हरेन्द्र साउँदले बताए । गत वर्ष जिल्लाका अन्य भेगमा पनि पशुहरूमा अज्ञात रोगको संक्रमण देखापरेको थियो ।

मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ । केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताए ।

साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट संक्रमित भएका जनावरलाई खोप दिने गरिन्छ । यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र विना लक्षण पनि मर्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्