
काठमाडौं – चीनको एक शहरमा अनियन्त्रित अस्ट्रिच सडकमा दौडिँदा पैदलयात्री र चालकहरू तनावमा परेका छन् ।
चीनको युन्नान प्रान्तको एक शहरमा १२ दिनअघि अस्ट्रिच सडकहुँदो दौडिएको थियो ।
आफ्नो मालिकको घरमा पाहुनाहरूले तर्साएपछि भागेको अस्ट्रिच व्यस्त सडकमा जथाभावी दौडिएको थियो ।
अधिकारीहरूलाई अस्ट्रिच फेला पारेर नियन्त्रणमा लिन र मालिकलाई फर्काउन आधी घन्टाभन्दा बढी समय लागेको थियो ।
दुई मिटर अग्लो अस्ट्रिच तीव्र गतिमा दौडिँदा पैदलयात्रीहरू तर्सेका थिए ।
एजेन्सी