काठमाडौं– नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट बिक्री लक्ष्य पूरा गर्न सफल ३६ जना डिलरका प्रतिनिधिलाई स्वीट्जरल्याण्ड र पेरिस भ्रमणमा पठाएको छ ।
त्रिभुवन विमानस्थलमा सीजीका भीपी तथा सीजी ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गरी बिदाइ गरियो ।
एक साताको उक्त टूरमा नेपालभरिका डिलरहरूको सहभागिता रहेको छ ।
आफ्ना डिलरहरूबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरू उत्साहित र खुशी देखिएको दाबी सीजीको छ ।