०५ असार २०८३, शुक्रबार

शक्तिशाली चक्रवात डेब्बीले अस्ट्रेलियामा मच्चायो तबाही

कात्तिक २०, २०७४
शक्तिशाली चक्रवात डेब्बीले अस्ट्रेलियामा मच्चायो तबाही
काठमाडौं, १५ चैत — शक्तिशाली चक्रवात डेब्बीले अस्ट्रलियाको उत्तरपूर्वीय तटमा तबाही मच्चाएको छ । चक्रवातका कारण मुसलधारे वर्षा भएको छ भने दशौं हजारौं घरहरूमा बिजुली काटिएको छ ।


२६३ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेको छ र चक्रवात क्वीन्सल्यान्डको बोवेन र एर्ली तटबाट जमीनतर्फ बढिरहेको छ ।

अझै कैयौं घण्टासम्म यसले क्षति पु–याउने आँकलन गरिएको छ । अहिलेसम्ममा एकजना गम्भीर घाइते भएको समाचार आएको छ ।

प्रधानमन्त्री म्यालकम टर्नबुलले विपत्ति रेस्पोन्स योजना सक्रिय गराइएको संसद्लाई जानकारी दिएका छन् ।

क्वीन्सल्यान्डकी प्रमुख आन्नास्तासिया पालास्चुकले बिजुली र फोन काटिएका कारण क्षतिको विवरण संकलन गर्न गाह्रो भएको बताएकी छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्