काठमाडौं, — अस्ट्रेलियाको ब्रिसबेन विमानस्थलबाट न्युजिल्यान्डको अकल्यान्ड विमानस्थल गइरहेको एक प्राइभेट जेटमा आइतवार खैरो सर्प भेटिएको छ ।

विमानस्थलको ह्यांगरमा उक्त सर्प चक्कामा कुन बेला चढेछ कसैले पत्तै पाएन ।
सर्प रनवेमा देखिएपछि विमानका कर्मचारीलाई त्यसका बारेमा अवगत गराइएको थियो ।
संसारका सबभन्दा खतरनाक २० सर्पमध्ये १८ वटा अस्ट्रेलियामा पाइन्छन् भने न्युजिल्यान्डमा पटक्कै सर्प छैनन् ।
यात्राका क्रममा सर्पलाई तनाव भएका कारण अधमरो अवस्थामा पुगेकाले उसलाई औषधि दिएर मारिने सम्भावना छ ।
सिन्ह्वाबाट