१० साउन २०८३, आइतबार

हिन्दू मान्यता अनुसार लोक रहस्य र लोक उत्पति

कात्तिक २०, २०७४
हिन्दू मान्यता अनुसार लोक रहस्य र लोक उत्पति


आइंस्टीनले भन्दा पहिला शिवले नै भनेका थिए कि ‘कल्पना’ ज्ञान भन्दा धेरै महत्वपूर्ण कुरा हो। हामीले जस्तो कल्पना र विचार गर्दछौं, त्यस्तै नै हुन्छ। शिवले यही आधारमा ध्यानको कैयौं विधिहरुको विकास गरे। भगवान शिव संसारको सबै धर्महरुको मूल हुन।

शिवको दर्शन र जीवनको कहानी संसारको सबै धर्म र उनीहरुको ग्रंथमा अलग-अलग रुपमा विद्यमान छ। आज भन्दा १५ देखि २० हजार वर्ष पूर्व वराह कालको शुरुआतमा जब देवी-देवताहरुले धर्तीमा कदम राखेका थिए, तब त्यस कालमा धर्ति हिमयुगको चपेटामा थियो। त्यस दौरान भगवान शंकरले धर्तिको केंद्र कैलाशमा आफ्नो निवास स्थान बनाए।

भगवान विष्णुले समुद्रलाइ र ब्रह्माले नदीको किनारलाइ आफ्नो स्थान बनाएका थिए। पुराण भन्छ कि जहां शिव विराजमान छन् त्यस पर्वतको ठीक तल पाताल लोक हो, जुन भगवान विष्णुको स्थान हो।

शिवको आसनको ऊपवायुमंडलको पारी क्रमश: स्वर्ग लोक र फेरी ब्रह्माजीको स्थान हो, जबकि धर्तिमा केहि पनि थिएन। यी तीनबाट सब थोक भयो। वैज्ञानिकहरुको अनुसार तिब्बत धर्तिको सबैभन्दा प्राचीन भूमि हो र पुरातनकालमा यसको चारैतिर समुद्र थियो। फेरी जब समुद्र हट्यो अन्य धर्ति प्रकट भयो !

यस प्रकार बिस्तारै-बिस्तारै जीवन पनि फैलिदै गयो। सर्वप्रथम भगवान शिवले नै धर्तीमा जीवनको प्रचार-प्रसारको प्रयास गरे त्यसैले उनलाई आदि देव पनि भनिन्छ। आदिको अर्थ प्रारंभ। शिवलाई ‘आदिनाथ’ पनि भनिन्छ।

आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो। यस ‘आदिश’ शब्दबाट नै ‘आदेश’ शब्द बनेको हो। नाथ साधु जब एक–अर्कोसँग भेट्छन त भन्छन- आदेश। भगवान शिव बाहेक ब्रह्मा र विष्णुले संपूर्ण धर्तिमा जीवनको उत्पत्ति र पालनको कार्य गरे। सबैले मिलेर धर्तीलाई बस्ने लायक बनाए र यहां देवता,दैत्य, दानव, गंधर्व, यक्ष र मनुष्यको आबादीलाइ बढ़ाए।

महाभारत काल :
*************
यस्तो मान्यता छ कि महाभारत कालसम्म देवता धर्तीमा रहन्थ्ये। महाभारत पछी सबै आ-आफ्नो धाम गए। कलियुगको प्रारंभ भएपछी देवता बस विग्रह रूपमा नै रहे अत: उनको विग्रह को पूजा गरिने गरियो।

पहिला भगवान शिव थिए रुद्र : वैदिक कालमा रुद्र र उनको अन्य स्वरूप तथा जीवन दर्शनको पुराणहरुमा विस्तार पाइन्छ। वेद जसलाई रुद्र भनिन्छ, पुराणमा उनलाई शंकर र महेश भन्दछ। वराह कालको पूर्वको कालमा पनि शिव थिए। त्यस कालको शिवको गाथा अलग छ।

देवों का देव महादेव : देवताहरुको दैत्यहरु संग प्रतिस्पर्धा चलिरहन्थ्यो। त्यस अवस्थामा जहिले पनि देवताहरु माथी घोर संकट आउँदथ्यो तब उनीहरु सबै देवाधिदेव महादेवको पास जान्थे। दैत्यहरु, राक्षसहरु सहित देवताहरुले पनि शिवलाइ कैयौं पटक चुनौती दिए, तर उनीहरु सबै परास्त भएर शिवको समक्ष झुके त्यसैले शिव हुन देवों का देव महादेव। उनि दैत्य, दानवहरु र भूतहरुको पनि प्रिय भगवान हुन।

भगवान शिवले किन मारी दिएका थिए विशालकाय मानव… ब्रह्माले बनाए विशालकाय मानव : सन् २००७ मा नेशनल जिओग्राफीको टीमले भारत र अन्य ठाउँमा २० देखि २२ फिट अग्लो मानव कंकाल खोजेर निकालेका थिए। भारतमा प्राप्त कंकाललाइ कसैले भीम पुत्र घटोत्कच र कसैले बकासुरको कंकाल मानेका थिए। हिन्दू धर्मको अनुसार सत्ययुगमा यस प्रकारको विशालकाय मानव हुने गर्दथ्यो।

पछी त्रेतायुगमा यिनीहरुको प्रजाति नष्ट भयो। पुराणहरुको अनुसार भारतमा दैत्य, दानव, राक्षस र असुरहरुको जातिको अस्तित्व थियो, जुन विशालकाय हुने गर्दथे। भारतमा प्राप्त त्यस कंकालको साथ एक शिलालेख पनि भेटिएको छ। त्यो त्यस कालको ब्राह्मी लिपिको शिलालेख हो । त्यसमा लेखिएको छ कि ब्रह्माले मनुष्यहरुमा शांति स्थापित गर्नको लागी विशेष आकारको मनुष्यहरुको रचना गरेका थिए ।

विशेष आकारको मनुष्यहरुको रचना एक पटक मात्र भएको थियो । यिनीहरु धेरै शक्तिशाली थिए र वृक्षलाइ पनि आफ्नो हातले उखाल्दथे। तर यिनीहरुले आफ्नो शक्तिको दुरुपयोग गर्न शुरू गरे र आपसमा लड्नु पश्चात देवताहरुलाई पनि चुनौती दिन लागे। अन्त्यमा भगवान शंकरले सबैलाइ मारे र त्यसपछी यस्ता रचना फेरी गरेनन।

भगवान शिवको धनुष पिनाक :
*************************
शिवले जुन धनुषलाइ बनाएका थिए त्यसको टंकारले नै बादल फाट्दथ्यो र पर्वत हल्लिन थाल्थ्यो। यस्तो लाग्दथ्यो कि मानौं भूकंप आयो। यो धनुष धेरै नै शक्तिशाली थियो। यसको एक तीरले त्रिपुरासुरको तीन नगरिलाइ ध्वस्त गरिदिएको थियो। त्यस धनुषको नाम पिनाक थियो। देवी र देवताहरुको कालको समाप्ति पछी यस धनुषलाइ देवरातलाइ सुम्पिएको थियो ।

उल्लेखनीय छ कि राजा दक्षको यज्ञमा शिवलाइ नबोलाउनुको कारण भगवान शंकर धेरै क्रोधित भएका थिए र उनले सबै देवताहरुलाई आफ्नो पिनाक धनुषले नष्ट गर्न ठानेका थिए। एक टंकारले धरतीको वातावरण भयानक भयो । धेरै मुश्किलले उनको क्रोध शांत गरियो, तब उनले त्यो धनुष देवताहरुलाई दिए।

देवताहरुले राजा जनकको पूर्वज देवरातलाइ दिए। राजा जनकको पूर्वजहरुमा निमिको ज्येष्ठ पुत्र देवरात थिए । शिव-धनुष उनलाइ नै धरोहर स्वरूप राजा जनकसंग सुरक्षित थियो। त्यस धनुषलाइ भगवान शंकरले स्वयं आफ्नो हातले बनाएका थिए। उनको यस विशालकाय धनुषलाइ कसैले पनि उठाउने क्षमता राख्दैनथ्यो। तर भगवान रामले त्यसलाई उठाएर त्यसको प्रत्यंचा चढ़ाए र त्यसलाइ एक झटकामा तोडी दिए।

भगवान शिवको चक्र : चक्रलाइ सानो, तर सबैभन्दा अचूक अस्त्र मानिन्छ । सबै देवी-देवता संग आफ्नो – आफ्नो अलग-अलग चक्र हुन्थ्यो। ति सबैको अलग-अलग नाम थियो शंकरजीको चक्रको नाम भवरेंदु, विष्णुजीको चक्रको नाम कांता चक्र र देवीको चक्र मृत्यु मंजरीको नामले जानिन्थ्यो।

सुदर्शन चक्रको नाम भगवान कृष्णको नामको साथ अभिन्न रूपले जोडिएको छ । यो कुरा धेरै कमलाई थाहा छ कि सुदर्शन चक्रको निर्माण भगवान शंकरले गरेका थिए। प्राचीन र प्रामाणिक शास्त्र अनुसार यसको निर्माण भगवान शंकरले गरेका थिए। निर्माण पछी भगवान शिवले यसलाई श्रीविष्णुलाइ सुम्पेका थिए।

आवश्यक परेको बेला श्रीविष्णुले यो देवी पार्वतीलाइ प्रदान गरेका थिए। पार्वतीले यो परशुरामलाइ दिईन र भगवान कृष्णलाइ यो सुदर्शन चक्र परशुरामले दिएका थिए। त्रिशूल : यस तरह भगवान शिवसंग कैयौं अस्त्र-शस्त्र थियो तर उनले आफ्नो सबै अस्त्र-शस्त्र देवताहरुलाई सुम्पेका थिए। उनले सिर्फ एक त्रिशूल मात्र लिए। यो धेरै नै अचूक र घातक अस्त्र हो। त्रिशूल ३ प्रकारको कष्टहरु दैनिक, दैविक, भौतिक विनाशको सूचक हो।

यसमा ३ प्रकारको शक्ति छ- सत, रज र तम। प्रोटोन, न्यूट्रन र इलेक्ट्रोन। यो बाहेक पाशुपतास्त्र पनि शिवको अस्त्र हो। भगवान शिवको गलामा जुन नाग छ त्यसको नाम हो भगवान शिवको सेवक वासुकी : शिवलाइ नागवंशिसंग घनिष्ठ लगाव थियो। नाग कुलका सबै शिवको क्षेत्र हिमालयमा नै रहन्थे।

कश्मीरको अनंतनाग यी नागवंशिहरुको गढ़ थियो। नागकुलका सबैले शैव धर्मको पालन गर्दथिए। नागहरुको प्रारंभमा ५ कुल थियो। उनीहरुको नाम यस प्रकारको थियो - शेषनाग (अनंत), वासुकी, तक्षक, पिंगला र कर्कोटक। यो अनुसन्धानको विषय हो कि यिनीहरु सर्प थिए या मानव या आधा सर्प र आधा मानव? बास्तवमा यी सबैलाई देवताहरुको श्रेणीमा राखिएको थियो त निश्चित नै यिनीहरु मनुष्य थिएनन्।

नाग वंशावलिमा ‘शेषनाग’ लाइ नागहरुको प्रथम राजा मानिन्छ। शेषनागलाइ नै ‘अनंत’ नामले पनि जानिन्छ। यी भगवान विष्णुका सेवक थिए। यस प्रकारले त्यसपछि शेष पछी वासुकी भए, जुन शिवको सेवक बने। फेरी तक्षक र पिंगलाले राज्य संभाले। वासुकीको कैलाश पर्वतको पास नै राज्य थियो र मान्यता छ कि तक्षकले नै तक्षकशिला (तक्षशिला) बसाएर आफ्नो नामबाट ‘तक्षक’ कुल चलाएका थिए।

उक्त पाँचको गाथाहरु पुराणमा पाईन्छ। त्यसपछि कर्कोटक, ऐरावत, धृतराष्ट्र, अनत, अहि,मनिभद्र, अलापत्र, कम्बल, अंशतर, धनंजय, कालिया, सौंफू, दौद्धिया, काली, तखतू, धूमल, फाहल, काना इत्यादि नामको नागहरुको वंश भयो जसको भारतको भिन्न-भिन्न इलाकाहरुमा यिनीहरुको राज्य थियो। जानौं अमरनाथको अमृत वचन कुन नामले सुरक्षित छ…

अमरनाथको अमृत वचन : शिवले आफ्नी अर्धांगिनी पार्वतीको मोक्ष हेतु अमरनाथको गुफामा जुन ज्ञान दिए, त्यही ज्ञानको आज अनेकौं शाखाहरु चल्दैछ। त्यो ज्ञानयोग र तंत्रको मूल सूत्रमा शामिल छ।‘विज्ञान भैरव तंत्र’ एक यस्तो ग्रंथ हो जसमा भगवान शिव द्वारा पार्वतीलाइ बताएको ११२ ध्यान सूत्रहरुको संकलन छ।

अमरनाथको अमृत वचन :
*********************
शिव द्वारा माता पार्वतीलाइ जुन ज्ञान दिएका थिए, त्यो धेरै नै शक्तिशाली-गंभीर तथा रहस्यले भरिएको ज्ञान थियो। त्यस ज्ञानको आज अनेकौं शाखाहरु छन। त्यो ज्ञानयोग र तंत्रको मूल सूत्रमा समाबेस छ।‘विज्ञान भैरव तंत्र’ एक यस्तो ग्रंथ हो जसमा भगवान शिव द्वारा पार्वतीलाइ बताएको ११२ ध्यान सूत्रहरुको संकलन छ।

योगशास्त्रका प्रवर्तक भगवान शिवको ‘विज्ञान भैरव तंत्र’ र ‘शिव संहिता’ मा उनको संपूर्ण शिक्षा र दीक्षा समाहित छ। तंत्रको अनेक ग्रंथहरुमा उनको शिक्षाको विस्तार भएको हो। भगवान शिवको योगलाइ तंत्र या वामयोग भनिन्छ। यसको एक शाखा हठयोग पनि हो।

भगवान शिव भन्छन- ‘वामो मार्ग: परमगहनो योगितामप्यगम्य:’ अर्थात वाम मार्ग अत्यंत गहन छ र योगिहरुको लागी पनि अगम्य छ। -मेरुतंत्र भगवान शिवले आफ्नो ज्ञान सबैभन्दा पहिले कसलाई दिए… भगवान शिवको शिष्य : शिव त जगतको गुरु हुन। मान्यता अनुसार सबभन्दा पहिला उनले आफ्नो ज्ञान सप्त ऋषिहरुलाई दिएका थिए। सप्त ऋषिहरुले शिवबाट ज्ञान लिएर अलग-अलग दिशाहरुमा में फैलाए र संसारको कुना-कुनामा शैव धर्म, योग र ज्ञानको प्रचार-प्रसार गरे ।


जय हिन्दु राष्ट्र नेपाल फेसबूक पेजबाट
 

salt training

कमेन्ट गर्नुहोस्