१२ असार २०८३, शुक्रबार

गरीबको दर्दः श्रीमतीको उपचार गर्न नसकेर श्रीमान फरार, श्रीमती वितिन्, काजकिरिया रोकियो

कात्तिक २०, २०७४
गरीबको दर्दः श्रीमतीको उपचार गर्न नसकेर श्रीमान फरार, श्रीमती वितिन्, काजकिरिया रोकियो
गुल्मी, चैत्र–१५ - गुल्मीको दर्लामचौरका एक व्यक्ति विपन्नताका कारण श्रीमतिको उपचार गर्न नसकेर घरबाट फरार भएका छन् ।

इश्मा गाउँपालिका अन्तर्गत साविकको दर्लामचौर ८ सेनखण्डका ४० वर्षीय मंगल नेपाली श्रीमति पार्वतीको उपचार गर्न नसकेर फरार भएका हुन ।

स्थानी प्रेम भुसालका अनुसार मुटु सम्वन्धी रोगले ग्रस्त भएकी श्रीमति पार्वतीलाई जिल्ला अस्पतालले पाल्पा रिफर गरेको थियो ।

तर उनका श्रीमानले उपचार गर्ने खर्च नभएका कारण श्रीमतिलाई घर फर्काएका थिए ।

घरमा विरामी श्रीमतिको हेरचाह गर्नु पर्ने ठाउँमा १५ वर्षिय र ११ वर्षिय दुई छोराहरुलाई समेत संगै लगेर उनी चैत ९ देखि फरार छन् । त्यसको दुई दिन पछि पार्वतीको मृत्यु भएको छ ।

पार्वतीको निधन भएको पाँच दिन सम्म पनि काजकिरिया हुन सकेको छैन । उनका श्रीमानको खोजी गरिएपनि उनी फेला पर्न सकेका छैनन् ।

घरमा रहेकी पाँच वर्षकी छोरीलाई गाउँलेले पालेर राखेका छन् ।

गाउँलेहरुले उनको उपचारको लागि चन्दा उठाएका थिए । तर त्यो रकमले थेगेन ।

उपचार गर्ने रकम नहुँदा ३० वर्षको अल्पायुमै पार्वतीको निधन भएको हो ।

-गुल्मीबाट अनिश गैरेकाे सहयाेगमा

salt training

कमेन्ट गर्नुहोस्