
मुम्बई - 'टु स्टेट्स'का लेखक, 'आशिकी २' का निर्देशक र 'एक भिलेन'का निर्माता मिलेर हाफ गर्लफ्रेन्ड लिएर आउँदै छन् ।
अर्जुन कपुर र श्रद्धा कपुर यस फिल्ममा मुख्य रोलमा छन् । चेतन भगतको उपन्यासमाथि बन्न लागेको चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका छन् ।
उक्त चलचित्रको फस्ट लुक सार्वजनिक भएको छ । पोष्टरमा दुई पात्र पानीमा निथ्रुक्क भिजेको देख्न सकिन्छ ।
चलचित्र १९ मेमा प्रदर्शनमा आउँदैछ ।