काठमाडौं, १५ चैत– कांग्रेस जाजरकोटका एक प्रभावशाली नेताको अज्ञात समुहले हत्या गरेको छ ।
मंगलबार साँझ भेरी नगरपालिका– ३ थाप्लेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य रविन्द्र शमसेर शाहमाथि अपरिचित समुहले उनलाई ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय जारकोटले जनाएको छ ।

उनको टाउकोमा ढुंगाले लागेको थियो भने उपचारका लागि थाप्लेबाट जिल्ला अस्पतालतर्फ लगिदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी भनाइ छ ।
३६ वर्षीय शाह पाँचतारा युवा संरक्षण मञ्चका समेत अध्यक्ष थिए । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा उनलाई राजनीतिक प्रतिशोधकै कारण हत्या गरिएको हुनसक्ने भन्दै सोहिलाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।