नुवाकोट, १५ चैत– साविकको जिलिङ्ग,रातमाटे,दुईपिपल, कुमरी, बेल्कोट र मदानपुर गाविस मिलेर बनेको नुवाकोटको बेलकोटगढी नगरपालिकामा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएको छ ।
अहिलेसम्म कुनै पार्टीले पनि आधिकारिक रुपमा उम्मेद्वार तय नगरेको भएपनि मेयरका लागि विभिन्न व्यक्तिले दाबेदारी प्रस्तुत गरेका छन् ।

नेकाको तर्फबाट मेयरका लागि जयराम दाहाल, इन्द्र लामा, एस के नेपाल, प्रताप सिङ लामा,बैकुण्ठ पान्डे, यादव नेपाल ,सुकदेब दाहाल लगायको दाबी गरेका छन् ।
ति मध्ये दाहाल नेविसंघ केन्द्रीय सदस्य हुन् भने उनले टिकट पाएको खण्डमा माहोल राम्रो हुने साविकको बेल्कोट गाविसका एक स्थानीयले बताए ।
युवामाझ लोकप्रिय दाहालले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
त्यस्तै एमालेबाट सुदर्शन नेपाल ,राजेन्द्ररमण खनाल, वाशु कडुवाल,ठाकुर पुडासैनीलगयतको दाबी छ ।
माओबादीबाट जगत लामा, मुकुन्द पौडेल र बिमला सुबेदी समेतको चर्चा रहेको छ। विमला पूर्व सांसदसमेत भइसकेकी नेत्री हुन् ।
बेल्कोटगढी नपाको जनसंख्या ३९,८८८ छ । नपामा वडा संख्या १३ रहेको छ।
सो नपामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा मुख्य प्रतिस्पर्धा हुने बताइन्छ ।