०१ असार २०८३, सोमबार

यसरी मनाइयो विश्व अल्छी दिवस !

यसरी मनाइयो विश्व अल्छी दिवस !

काठमाडौं – कोलम्बियाको इतागुई शहरमा प्रत्येक वर्ष विश्व अल्छी दिवस मनाउने गरिएको छ । साउन २५ गते उक्त दिवस मनाइएको थियो । 

यो दिन मानिसहरू दिनभरि आराम गर्छन् र रमाइला प्रतियोगितामा भाग लिन्छन् । सडकमा नै ओछ्यान लगाएर उनीहरू सुतिदिन्छन् । 

सन् १९८५ मा यो दिवस शुरू गरिएको थियो । तनाव घटाउनका लागि यस दिवसको शुरूआत भएको थियो । मानिसहरूले सल्लाह गरेर यो दिन निद्रा र आरामका लागि छुट्ट्याउने निर्णय लिएका थिए । 

यो दिन पसलहरू बन्द गरिन्छन् । मानिसहरू आफ्ना परिवारका सदस्यका साथ सुत्ने सबै सामान लिएर सडकमा सुत्न आइपुग्छन् । 

आजकल मोबाइल जीवनको अभिन्न अंग बनेकाले मानिसहरू सुत्ने कुरासँगै मोबाइल पनि लिएर जाने गरेका छन् । 

सडकमा रंगीचंगी ओछ्यान बनाउने गरिन्छ । अनेक किसिमका खाटहरू सडकमै बनाइने गरिन्छ 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्