२३ जेठ २०८३, शनिबार

आर्थिक वृद्धिदर ५.५ प्रतिशतको प्रक्षेपण

कात्तिक २०, २०७४
आर्थिक वृद्धिदर ५.५ प्रतिशतको प्रक्षेपण
काठमाडौँ, १६ चैत - दुई प्रमुख अन्तर्राष्ट्रिय निकाय एसियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चालू आर्थिक वर्ष ०७३-७४ मा नेपालले क्रमशः ५.६ र ५.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेका छन् । कृषिमा अनुकूल मौसम, व्यापार तथा आपूर्ति सहजता तथा लोडसेडिङको अन्त्यका कारण आर्थिक वृद्धिदर हासिल हुने उनीहरूको प्रक्षेपण छ, नयाँ पत्रिकामा खबर छ ।adb

एडिबीले ‘सेफ साइड’मा बसेर आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । उसले एक प्रतिशत अर्थात् १० आधार बिन्दुको अन्तरमा प्रक्षेपण गरेको छ । एडिबीले चालू वर्षमा न्यूनतम ५.२ देखि अधिकतम ६.२ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल हुन सक्ने उल्लेख गरेको छ । उसले व्यापार र आपूर्ति प्रणालीमा भएको सहजता, अनुकूल मौसम, लोडसेडिङको अन्त्यलगायतका कारणले आर्थिक वृद्धिमा सकारात्मक योगदान दिने जनाएको छ ।

आइएमएफले पनि यिनै पक्षका कारण आर्थिक वृद्धि सकारात्मक हुने उल्लेख गरेको छ । ‘व्यापार असहजता र भूकम्पका कारण गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको गति निकै कमजोर भएको थियो,’ आइएमएफले भनेको छ, ‘कृषिअनुकूल मौसम, समन्वयकारी मौद्रिक नीति र बढ्दो सरकारी खर्चले आर्थिक वृद्धिलाई थप माथि लैजानेछ ।’

salt training

कमेन्ट गर्नुहोस्