१२ साउन २०८३, मंगलबार

संसद्‌मा उठ्यो आवाज– बेथिति अन्त्य गर्न ज्योतिषीलाई लाइसेन्स अनिवार्य गरौं

संसद्‌मा उठ्यो आवाज– बेथिति अन्त्य गर्न ज्योतिषीलाई लाइसेन्स अनिवार्य गरौं

काठमाडौं–नियमनकारी निकाय नहुँदा बेथिति बढेको भन्दै ज्योतिष विद्या पढेकालाई मात्र ज्योतिषीको लाइसेन्स दिन संसद्‌मा आवाज उठेको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेकपाकी विमला विश्वकर्माले नियमन नहुँदा बेथिति बढेको भन्दै लाइसेन्सको व्यवस्था गर्न माग गरेकी हुन् । 

‘महिनामा दुई तीन लाख कमाउने ज्योतिषी पनि छन्, लाइसेन्सको व्यवस्था गरे राज्यलाई करोडौं राजस्व संकलन हुन्छ । नियमनकारी निकाय नहुँदा बेथिति बढेको छ । निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिँदा पेशा मर्यादित हुन्छ,’ सांसद विश्वकर्माले भनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्