२३ जेठ २०८३, शनिबार

कीएभको सबभन्दा अग्लो भवनमा झुण्डिए यी व्यक्ति (भिडियो)

कीएभको सबभन्दा अग्लो भवनमा झुण्डिए यी व्यक्ति (भिडियो)

काठमाडौं – युक्रेनको राजधानी कीएभमा रहेको सबभन्दा अग्लो भवनबाट एकजना व्यक्ति झुण्डिएको खतरनाक भिडियो सार्वजनिक भएको छ । 

लिथुआनियाका रोमाञ्चप्रिय व्यक्ति शीएले युरोपभरि घुमेर साहसिक काम गर्ने गरेका छन् । 

कीएभमा उनी क्लोभ्स्की डिसेन्ट ७क नामक भवनको टुप्पोमा पुगेर झुण्डिएका थिए । 

उनले सिँढी चढेको, लिफ्ट चढेको अनि भवनको छेउबाट उक्लेको र टुप्पोमा पुगेको भिडियो बनाएका छन् । 

उनी भवनको छेउमा पुग्दा क्यामराले कीएभ शहरको अविश्वसनीय दृश्य देखाएको थियो । 

त्यसपछि उनी भवनको छेउमा रहेको सुन्तला रंगको सुरक्षा घेरामुनि पाइताला राख्छन् र झुण्डिन्छन् । उनी हात हल्लाउँछन् र उनको कपाल हावामा फर्फराउँछ ।

उनले साथीको सहयोगमा भवनको चुचुरो पुगेर थप रोमाञ्चकारी भिडिया बनाएका छन् । 

उनले बाहिर देखिने कुनै पनि सुरक्षा उपकरण प्रयोग नगरी चढेको र शहरको गजबको दृश्य र स्पष्ट नीलो आकाश देखाएको भिडियो छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्