०६ असार २०८३, शनिबार

बालकको आन्द्राबाट निकालियो ६१ वटा चुम्बकीय डल्ला

बालकको आन्द्राबाट निकालियो ६१ वटा चुम्बकीय डल्ला

काठमाडौं – चीनमा ६ वर्षका एक बालकको आन्द्राबाट ६१ वटा चुम्बकीय डल्ला निकालेको चिकित्सकहरूले दाबी गरेका छन् । 

ती बालकलाई बेस्सरी पेट दुखेपछि नजिकैको अस्पताल लगिएको थियो ।

बालरोग विशेषज्ञहरूले एक्सरे गर्दा उनको पेटमा धातुका डल्लाहरू एकै ठाउँमा जम्मा भएको देखे । 

आमाले ल्याइदिएको खेलौना ती बालकले निलेको बताइएको छ ।

बालकको आन्द्राबाट चुम्बकीय डल्ला निकाल्नका लागि तीन घन्टा लागेको चिकित्सकहरूको भनाइ छ । 

उनलाई कुन अस्पतालमा उपचार गरिएको भन्ने खुलेको छैन । हार्बिन शहरमा घटना भएको विश्वास गरिएको छ । 

बालरोगविशेषज्ञ शु बोले शल्यक्रियापछि बालकको स्वास्थ्यस्थिति स्थिर रहेको बताए ।

उनको सानो आन्द्रामा साना चुम्बकहरूले आन्द्राको भित्तो प्वाल पारेको र उनको पेटमा पित्त चुहिएको चिकित्सकहरूले पाए । 

ती चुम्बकहरू नीयोडाइमियम भएको पाइयो । यो शैक्षिक खेलौनाका रूपमा बजारमा बेच्ने गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्