२३ असार २०८३, मंगलबार

सुर्खेतमा बन्दै सिटीहल, काम अन्तिम चरणमा

भदौ ३, २०७६
सुर्खेतमा बन्दै सिटीहल, काम अन्तिम चरणमा

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन सिटी हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सभाहल निर्माणको जिम्मा पाएको समानान्तर चक्रेश्वरी–शिवशक्ति जेभी काठमाडौंले काम गर्ने समयमा कुनैपनि बाधा र अवरोध नआएका कारण तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरी भवन डिजिभनलाई हस्तान्तरण गर्ने बताएको छ ।

भवन डिभिजन कार्यालयले समानान्तर, चक्रेश्वरी, शिवशक्ति जेभीलाई २०७३ चैत्र २४ गते सभा हल निर्माणको जिम्मा दिएको थियो ।

कम्पनीले २०७६ चैत्र २४ गते भित्र काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गुर्नपर्ने छ ।

‘२६ करोडको लागतमा यो हल बन्दैछ,’ कम्पनीका इञ्जिनीयर चन्द्रनारायण पण्डितले लोकान्तरसँग भने, ‘निर्माण सम्पन्न अवधिभन्दा पहिले नै काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गर्ने तयारी हाम्रो छ ।’

उनका अनुसार ७६८ जना अटने एक हल तथा अन्य ७ वटा बैठक कक्षको स्ट्रक्चर पूरा भइसकेको छ । अब फिनिसिङको काम मात्रै बाँकी रहेको छ । काम धमाधम भइरहेको छ ।

कर्णाली प्रदेशकैै सबैभन्दा ठूलो र पहिलो सुविधा सम्पन्न सभा हल साढे तीन विगाह जग्गामा निर्माण भइरहेको छ ।

‘निर्माणाधीन सभाहलको पार्किङ्गमा ४ सय मोटरसाइकल र २ सय गाडी राख्न मिल्ने हुनेछ । सभा हलमा दुई गेट रहने छन्, जसमध्ये एउटा मुख्य र अर्को साइट गेट बन्ने उनको भनाइ छ ।्श

शहरी विकास तथा भवन डिभिजन कार्यालयका सुपरभाइजर भविन्द्र जिसीले द्रुत गतिमा काम भइरहेको जानकारी दिए ।

‘निर्माण कम्पनीले कामलाई तीव्रता दिइरहेको छ,’ उनले भने, ‘भूकम्परहित हल बनिरहेको हो ।’

salt training

कमेन्ट गर्नुहोस्