०४ असार २०८३, बिहीबार

सम्झौताको मसी नसुक्दै सचिवहरुको व्यापक सरुवा, को–कहाँ सरुवा भए ?

भदौ ४, २०७६
सम्झौताको मसी नसुक्दै सचिवहरुको व्यापक सरुवा, को–कहाँ सरुवा भए ?

काठमाडौं–सरकारले आफ्ना काम कारबाहीलाई प्रभावकारी बनाउन भन्दै सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको एक महिनाभित्रै सचिवहरुको व्यापक सरुवा गरेको छ । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १६ जना सचिवहरुको एकैपटक सरुवा गरेको हो । राजधानी दैनिकमा खबर छापिएको छ । 

 सरुवा सूची

१. सूर्य गौतम – महालेखा नियन्त्रक कार्यालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालय
२.गोपीनाथ मैनाली – भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालय 
३.केदारबहादुर अधिकारी – वाणिज्य तथा आपूर्ति मन्त्रालबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
४.मोहनकृष्ण सापकोटा – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सार्वजनिक खरिद अनुमगन कार्यालय 
५.बेगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमन कार्यालयबाट वित्त आयोग 
६ वैकुण्ठ अर्याल – वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय 
७.माधव बेलवासे – राष्ट्रिय सर्तकता केन्द्रबाट खानेपानी मन्त्रालय 
८ रामप्रसाद थपलिया – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय
९. सञ्जय शर्मा – ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय 
१०. खगराज बराल – शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय 
११. महेश दाहाल – श्रम मन्त्रालयबाट शिक्षा मन्त्रालय 
१२. विनोद केसी – राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय 
१३ डा. हरि पौडेल – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपति कार्यालय
१४.महेन्द्रप्रसाद गुरागाईं – लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय 
१५.आनन्द ढकाल – प्रदेश ३ को प्रमुख सचिवबाट लोकसेवा आयोग 
१६.तीर्थ ढकाल – प्रदेश ५ को प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

salt training

कमेन्ट गर्नुहोस्