२२ जेठ २०८३, शुक्रबार

रक्तचन्दनको तेलसहित ३ जना पक्राउ

रक्तचन्दनको तेलसहित ३ जना पक्राउ
प्रतिकात्मक तस्वीर

काठमाडौं – नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मंगलवार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए । ‘पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरेपनि कारोबारमा केसी र पौडेलसमेत  संलग्न रहेको राठौरले बताए ।

रक्तचन्दन साइटिस महासन्धिमा सूचीकृत वनस्पति हो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटीस) को पक्ष राष्ट्र नेपाल भएकाले रक्तचन्दन नेपालमा ओसारपसार गर्नेलाई कानूनी कारवाहीको व्यवस्था गरिएको छ ।

पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्