३१ जेठ २०८३, आइतबार

२८ करोड बढीको लगानीमा खानेपानी आयोजना

२८ करोड बढीको लगानीमा खानेपानी आयोजना

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ तिलाचौरमा २८ करोड ५० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ ।

आयोजना निर्माणका लागि नगर विकास कोषबाट ७ करोड १२ लाख ऋण र १९ करोड ९५ लाख रुपैयाँ रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माण कार्य अगाडि बढाइएको छ । 

उपभोक्ताको लागत सहभागिताबाट १ करोड ४२ लाख रुपैयाँ रकम संकलन गरिएको समितिका अध्यक्ष करवीरसिंह ऐरले बताए । ३ वडाका १ हजार ७३० घरपरिवारमा निजी धारा वितरण लाइन निर्माण गरिनेछन् ।

खानेपानी आयोजना निर्माणकार्य पूरा भएपछि नगरपालिका–८, ६ र घरधुरीका १० हजार वासिन्दा लाभान्वित हुने नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

१८ महिनाभित्र सम्पन्न हुने आयोजना निर्माण कार्य २ साताभित्रै सञ्चालन गरिने उनले बताए ।

आयोजनाका लागि उपभोक्ताबाट ५ प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । २० वर्षे अवधिका लागि डिजाइन गरिएको सो आयोजनाबाट सन् २०३९ मा २१ हजार बासिन्दा खानेपानी सेवाबाट लाभावान्वित हुने अनुमान गरिएको छ ।

वडा–वडामा सौर्यबत्ती

शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडान कार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न ६३ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडाको माग र आवश्यकताका आधारमा बजेट बाँडफाँड गरी काम अगाडि बढाइएको नगरपालिकाको ऊर्जा समितिका संयोजक कमल गिरीले बताए ।

वडाध्यक्षसँग लामो छलफल गरी सहमति गर्ने प्रयास गरिएपनि सहमति हुन नसकेपछि आवश्यकताका आधारमा बजेट बाँडफाँड गरिएको उनले जानकारी दिए । गत आवमा नगरपालिकाले गोबरग्यास प्लान्ट निर्माण र सौर्यबत्ती जडानकै लागि १२ लाख रुपैयाँ बजेट खर्च गरेको छ । ऊर्जा शाखाका कर्मचारी सुरेन्द्र भट्टका अनुसार ७ लाख रुपैयाँ रकम खर्चेर ४७ बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान रकम दिइएको थियो । 

गोबर ग्यास प्लान्ट निर्माण गर्ने वासिन्दालाई प्रतिप्लान्ट १४ हजार ४ सय रुपैयाँका दरले अनुदानको रकम दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्