२० असार २०८३, शनिबार

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु
फाइल फोटो

अफगानिस्तान- अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् ।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् । 

हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए । 
सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्