०९ असार २०८३, मंगलबार

१० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने

कात्तिक २०, २०७४
१० लाख भन्दा बढी नगद कारोबार गर्न नपाइने

काठमाडौं, १६ चैत– अब १० लाख रुपैयाँभन्दा बढी नगदका रुपमा कारोबार गर्न नपाइने भएको छ । कुनै सम्पत्ति खरिद–बिक्री, ऋण तथा सापटीजस्ता काम गर्दा १० लाख रुपैयाँभन्दा बढी भएमा बैंकिङ प्रणाली नै अपनाउनुपर्ने बाध्यात्मक व्यवस्था सरकारले गरेको हो ।

गत साता राजपत्रमा सूचना प्रकाशित गरी उक्त व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकको परामर्शमा अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ४४ (ग) बमोजिम २०७४ साल साउन १ देखि लागू हुने गरी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा नेपाली रुपैयाँ १० लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री तथा अन्य कारोबार गर्दा वित्तिय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्