०८ असार २०८३, सोमबार

मनाङ जिल्लामा २८ वटा मात्रै मतदानस्थल

कात्तिक २०, २०७४
मनाङ जिल्लामा २८ वटा मात्रै मतदानस्थल

मनाङ, १६ चैत– आगमी बैशाख ३१ गते हुने स्थानीय चुनावका लागि हिमाली जिल्ला मनाङमा २८ वटा मात्रै मतदानस्थल रहने भएका छन् । चार गाउँपालिका रहेको मनाङमा वडैपिच्छे मतदानस्थल तोकिएको हो । मनाङ जिल्लाका सबै गाउँपालिका गरी जम्मा २८ वडा छन् ।

भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए । उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा मनाङमा १८ वटा मतदानस्थल तोकिएका थिए ।

‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं,’ उनले भने ।

निर्वाचन कार्यालयका अनुसार मनाङमा ५ हजार १ सय २० जना मात्रै मतदाता छन् । दोस्रो संविधानसभाको निर्वाचनमा २ हजार ७ सय ९४ मतदाता थिए । २०६८ सालको जनगणना अनुसार मनाङको जनसंख्या ६ हजार ५ सय ३८ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनका लािग ६ दलले सूचीकृत गराएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दलको नाम दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्