
काठमाडौं, १६ चैत - ६ दिन चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले केहीबेरमा नेपाल फर्कंदै छन् ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार उनी साढे १० बजे त्रिभुवन विमानस्थलमा ओर्लंदै छन् ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले एयरपोर्टको मौसम ‘ठीकठाक’ रहेको जानकारी दिए । ‘जहाजहरू ओर्लीरहेका छन्, जहाज अवतरणको लागि मौसम खराब छैन,’ उनले भने, ‘प्रधामन्त्रीज्यू केहीबेरमा ओर्लनुहुन्छ, अहिले जहाज आकाशमै छ ।’
उनका अनुसार एयर चाइनाको जहाज चढेर दाहाल स्वदेश फर्कंदैछन् । प्रचण्डले चीनका राष्ट्रपति लगायत उच्च पदस्थ नेता तथा व्यवसायीहरूलाई भेटेका थिए ।