०१ असार २०८३, सोमबार

रुखबाट खसेर ६० वर्षीय बृद्धको मृत्यु

कात्तिक २०, २०७४
रुखबाट खसेर ६० वर्षीय बृद्धको मृत्यु

उदयपुर, १६ चैत– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ स्थित शाहीखोला बस्ने वर्ष ६० का कान्छा कार्कीको मङ्गलबार बेलुकी स्थानीय जङ्गलको रुखबाट खसेर मृत्यु भएको छ ।

स्थानीयवासी कृष्णराज खड्काका अनुसार कार्की दिनभर घरमा कामगरी बेलुकी पख जङ्गलमा घाँस काट्न गएका थिए ।

जङ्गलमा गएर जामुनको रुखमा घाँस झार्न चढेका कार्कीलाई गोलाको कमिलाले टोक्न थालेपछि उनी रुखबाट खसेका थिए । आत्तिएर रुखबाट खसेका कारण कार्कीको तत्कालै मृत्यु भएको खड्काले बताए ।

salt training

कमेन्ट गर्नुहोस्