
एजेन्सी-बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालन प्रदर्शनरत चलचित्र 'मिशन मंगल'का कारण यतिबेला चर्चामा छन् ।
‘मिशन मंगल’को सातौं दिनको कमाइ पनि सार्वजनिक भइसकेको छ । सातौं दिन फिल्मले लगभग सात करोड कमाएको छ ।
फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, विद्या बालन, तापसी पन्नू, शरमन जोशी, निथ्या मेनन, कीर्ति कुल्हारीलगायतले अभिनय गरेका छन् ।
जगत शक्ति निर्देशित फिल्मले हालसम्म ११९ करोड कलेक्शन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फिल्म १५ लगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको थियो ।